काठमाडौं । आज मंगलबार नेप्सेमा ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । महालक्ष्मी विकास बैंक, निर्धन उत्थान लघुवित्त र नेपाल हाइड्रो डेभलपर्सको सेयर भाउ समायाजन बहेको हो । यी ३ वटै कम्पनीले साधारणसभा र लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेका छन् ।
महालक्ष्मी विकास बैंकको समायोजनपछिको भाउ ४७० रुपैयाँ ३३ पैसा निर्धारण भएको छ । नेप्सेले बैंकको २०% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट २०% बोनस र कर प्रयोजनको लागि १.०५% नगद लाभांश वितरण गर्दैछ ।
यस्तै निर्धन उत्थान लघुवित्तको समायोजनपछिको भाउ १२ सय रुपैयाँ ७७ पैसा निर्धारण भएको छ । कम्पनीको २९.५% बोनस सेयरपछिको भाउ समायोजन भएको हो भने नेपाल हाइड्रो डेभलपर्सको समायोजनपछिको भाउ ३ सय ६५ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ ।
नेप्सेले कम्पनीको ७% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ७% बोनस सेयर र कर प्रयोजनका लागि ०.५६% नगद लाभांश वितरण गर्दैछ ।