×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा समिट लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीको सेयर मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा समिट लघुवित्त वित्तीय संस्थासहित ५ कम्पनीको सेयर मूल्य समायोजन

Artha Sarokar

१५ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । आज बिहिबार नेप्सेमा ५ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । समिट लघुवित्त, इन्फिनिटी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट, चिलिमे जलविद्युत र मञ्जुश्री फाइनान्सको सेयर मूल्य समायोजन भएको हो । यी ५ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेका छन् ।
समिट लघुवित्त वित्तीय संस्थाको समायोजनपछिको भाउ ११ सय ६५ रुपैयाँ ३४ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २५.२८% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । यस्तै इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको समायोजनपछिको भाउ १३ सय ७ रुपैयाँ ७५ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको २७.७०% बोनस सेयर समायोजन गरेको हो । गत वर्षको नाफाबाट यसले २७% बोनस र कर प्रयोजनका लागि १.४६% नगद वितरण गर्दैछ ।
यता एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सेयर मूल्य समायोजनपछिको भाउ ५ सय ११ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ । यसको ५% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । कम्पनीले गत वर्षको नाफाबाट ५% बोनस सेयर र कर तिर्न ०.२६%नगद लाभांश वितरण गर्दैछ ।
चिलिमे जलविद्युत कम्पनीको समायोजनपछिको भाउ ४ सय ६७ रुपैयाँ ८१ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको ७.५०% बोनस सेयर समायोजन गरेको हो । मञ्जुश्री फाइनान्सको समायोजनपछिको भाउ ६ सय ७० रुपैयाँ ७१ पैसा निर्धारण भएको छ । फाइनान्सको ४०% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । गत वर्षको नाफाबाट यसले ४०% बोनस सेयर र कर प्रयोजनसहित ६% नगद लाभांश वितरण गर्ने भएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी