Skip to content
LAXMI SUNRISE BANK

क्रियटिभ सेक्युरिटिजलाई नेप्सेको यस्तो निर्देशन !

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले क्रियटिभ सेक्युरिटिज (ब्रोकर नम्बर ४०) लाई बनेपास्थित शाखा कार्यालयको स्तरोन्नतीका लागि निर्देशन दिएको छ । नेप्सेले स्थलगत निरिक्षणका क्रममा सेक्युरिटिजलाई यस्तो निर्देशन दिएको हो ।
सो शाखा कार्यालय अन्यन्त चिसो, अध्यारो तथा लगानीकर्ता बस्ने स्थान व्यवस्थित नभएको पाइएपछि नेप्सेले ३० कार्यदिन भित्रमा प्रचलित कानुनमा तोकिएको व्यवस्था बमोजिम स्तरोन्नती गरी जानकारी गराउनसमेत निर्देशन दिएको छ ।
तोकिएको समयवधी भित्र दिइएको निर्देशनको पालना नगरेमा आवश्यक कारवाही गर्ने चेतावनीसमेत नेप्सेले दिएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK