×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेमा तीन कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेप्सेमा तीन कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

Artha Sarokar

४ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेमा सनराइज बैंक, प्रभु बैंक र मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यी तीन वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज पुस ४ गते बुक क्लोज गरेका छन् ।
सनराइजको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २५४ रुपैयाँ १० पैसा निर्धारण गरेको छ । बैंकको ६.६५% बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । बैंकले गत वर्षको नाफाबाट ६.६५% बोनस र कर तिर्न ०.३५% नगद लाभांश वितरण गर्ने भएको हो ।
यस्तै प्रभुको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले २९४ रुपैयाँ ७३ पैसा निर्धारण गरेको छ । यसब बैंकको १२% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । साथै मनकामना स्मार्ट लघुवित्तको बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले १३ सय ३३ रुपैयाँ ३३ पैसा निर्धारण गरेको छ । यसको १७% बोनस सेयरपछिको भाउ समायोजन भएको हो । यस लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई १७% बोनस सेयर वितरण गर्ने भएको हो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी