×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेरुडे लघुवित्त वित्तीय संस्थाको १४ सय ९४ कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेरुडे लघुवित्त वित्तीय संस्थाको १४ सय ९४ कित्ता संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन

Artha Sarokar

२० मंसिर २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर लिलामी भर्ने सोमबार अन्तिम दिन हो । संस्थाको १४ सय ९४ कित्ता संस्थापक सेयर लिलामी भर्ने मंसिर २० गते सोमबार अन्तिम दिन रहेको हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । नेरुडेले कात्तिक १६ गतेदेखि संस्थापक सेयर लिलामी खुला गरेको हो । कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनी र अन्य संघसंस्थाहरुले आवेदन दिन पाउनेछन् ।

कम्पनीले संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले उक्त मूल्यलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी बन्नुपर्नेछ । लगानीकर्ताले न्यूनतम ५०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौंबाट आवेदन दिन सकिनेछ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी