×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित, दुई संचालक निर्वाचित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको तेस्रो वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित लाभांश पारित, दुई संचालक निर्वाचित

Artha Sarokar

२९ मंसिर २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा अनुपम फुडल्याण्ड एण्ड व्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा सम्पन्न भएको छ ।
सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै बैंकले प्रस्ताव गरेको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि शून्य दशमलव ४२ प्रतिशत नगद लाभांशसमेत पारित गरेको छ ।
साथै, सभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व हुने गरी दुई संचालक लिमा अधिकारी र सुमन पोखरेललाई निर्वाचित गरेको छ । सभाका लागि बैंकले मंसिर ९ गते एक दिन बुक क्लोज गरेको थियो । मंसिर ८ गतेसम्म कायम सेयरधनीहरुले मात्र सो लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी