काठमाडौं । मंसिर मसान्तमा आइपुग्दा एनएमबि हाइब्रिड फन्ड एल–१ को प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सो अवधिसम्म आउँदा न्याभ १ रुपैयाँ १२ पैसाले घटेर १३ रुपैयाँ ६६ पैसा कायम भएको हो । कात्तिक महिनामा यसको न्याभ १४ रुपैयाँ ७८ पैसा थियो ।
यस अवधिमा फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ । सूचीकृत कम्पनीको सेयरमा लगानी १० करोड ६८ लाख रुपैयाँले घटेर ६३ करोड ५५ लाख रुपैयाँ कायम भएको छ । कात्तिक महिनामा यसले सूचीकृत कम्पनीको सेयरमा ७४ करोड २३ लाख रुपैयाँ लगानी गरेको थियो ।
यस्तै मंसिर मसान्तसम्म आइपुग्दा फन्डको बैंक मौज्दात पनि घटेको छ । कात्तिकमा २० करोड ३१ लाख रुपैयाँ बैंक मौज्दातमा रहेको यसको अहिले घटेर १९ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । यसअवधिमा फन्डले ५१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । फन्डको सबैभन्दा धेरै लगानी छिमेक लघुवित्तमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्