काठमाडौँ । एनएमबि क्यापिटलको पहिलो खुलामुखी सामुहिक लगानी कोष योजनाको इकाईहरु आज सोमबारबाट खरिद-बिक्री गर्न सकिने भएको छ । एनएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सरल बचत फण्ड – इ (NMB Saral Bachat Fund – E) नामक खुलामुखी योजनाको इकाईहरु आज सोमबारबाट खरिद-बिक्री गर्न सकिने भएको हो ।
क्यापिटलको कार्यालय नागपोखरीबाट इकाई खरीद बिक्रीको व्यवस्था मिलाईएको छ । सो इकाईहरु बिहिबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म इकाई खरिद बिक्री हुने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार शुक्रबार, शनिबार तथा सार्वजनिक बिदाका दिनमा यस योजनाका इकाईहरुको खरीद बिक्री बन्द रहनेछ ।
यस खुलामुखी योजनाको एनएमबि बैंक लिमिटेड कोष प्रवर्द्धक तथा एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेका छन् । क्यापिटलले एनएमबि म्युचुअल फण्ड अन्तर्गत रहने गरी १ अर्ब आकारको एनएमबि सरल बचत फण्ड ई नामको खुलामुखी योजनाको इकाई निष्कासन गरेको हो । न्याभको आधारमा इकाई किनबेच हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्