इस्लामावाद । पाकिस्तान अहिले आर्थिक संकटको सामना गरिरहेको छ। एकातिर कोरोना महामारीले थलिएको अर्थतन्त्र उठ्न सकेको छैन भने पछिल्लो समय पाकिस्तानको सदाबहार सहयोगी चीनले र तालिबानलाई सहयोग गरेको भन्दै अमेरिकाले पनि सहायतामा कटाती गरेपछि संकट सिर्जना भएको हो।
पाकिस्तानमा मूल्यवृद्धि चर्कोरुपमा बढ्दै गएको छ भने प्रति व्यक्ति आय घट्दै गएको अवस्था छ। विश्वकै सबैभन्दा ठूलो बाह्य ऋण बोकेको पाकिस्तानलाई आफ्नो अर्थतन्त्र चलायमान पनि गर्न सकिरहेको छैन। गत महिना पाकिस्तानी प्रधानमन्त्री इमरान खान साउदी भ्रमणमा गएका थिए। अर्को समस्या भनेको पाकिस्तानी रुपीमा आइरहेको गिरावट हो। यस्ता सबै आर्थिक कारणलाई बेवास्ता गर्दै पाकिस्तानी नेतृत्वले साउदी अरब र अन्तर्राष्ट्रिय मुद्रा कोषको मुख ताकिरहेको अवस्था छ।
अक्टोबर २३ देखि २५ सम्म साउदी भ्रमणका पुगेका प्रधानमन्त्री इमारानले त्यहाँका उच्च अधिकारी तथा वित्तमन्त्तीहरुसँग भेट गरेका थिए। उक्त भेटपछि कुनै संयुक्त विज्ञप्ति जारी भएन र साउदीले पनि आर्थिक सहयोगको कुनै प्रतिबद्धता व्यक्त गरेन । अक्टोबर २६ मा साउदी अरबका संघीय सूचना तथा प्रसारणमन्त्री फवाद चौधरीले ट्विटमार्फत पाकिस्तानलाई तीन बिलियम अमेरिकी डलर पाकिस्तानी केन्द्रीय बैंकका जम्मा गर्ने र १.२ बिलियन बराबरको वार्षिक रिफाइन्ड पेट्रेलियम पदार्थ उपलब्ध गराउने घोषणा गरेको बताएका थिए।
उक्त घोषणापछि साउदी उर्जामन्त्री हमाद अजरले २७ अक्टोबरमा साउदी विकास कोषले पाकिस्तानलाई उक्त पेट्रेलियम पदार्थ पठाउने निर्णय गरेको जानकारी गराएका थिए। यसले पािकस्तानको व्यापार र पेट्रोलिम पदार्थमा देखिएको संकट केही हदसम्म कम हुने बताएका थिए । तर, हालसम्म उक्त घोषणा कार्यान्वयन नभएको र साउदी विकास कोषको वेबसाइटमा पनि कुनै जानकारी नगराइएको पाकिस्तनले जनाएको छ। पाकिस्तान भने उक्ह सहयोगको पर्खाइमा रहेको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्