कराची । पाकिस्तानको कराचीमा खाना पकाउने ग्यासको चरम संकट भएको छ । कराचीको हिजरत कोलोनीमा बस्ने गृहिणी मलेहा फरहानले आफ्नो परिवारको लागि एक हप्तादेखि खाना पकाउन नपाएको र होटलबाट खाना मगाएर गुजारा गरिरहेको बताएकी छन्। उनले बिहानदेखि रातिसम्मको खाना होटलबाट मगाउनुपर्ने बाध्यता सिर्जना भएको बताउँदै सरकारले चरम लापरबाही गरेको आरोपसमेत लगाएकी छन्।
उनले कम्प्याक्ट घरहरुमा बस्ने भएको घरभित्रै दाउरा बालेर खाना पकाउनसक्ने अवस्था नभएको बताएकी छन्। उनले उपभोक्ता बिल समयमौ तिर्ने गरेको भए पनि ग्यास संकट बढ्दै गएको बताएकी छन्। उनले खाना पकाउन एलपीजी ग्यास किन्न पैसा तिरिसक्दा पनि उपलब्ध हुन नसकेको भन्दै सरकारको आलोचना गरेकी छन्। सिन्धमा प्राकृतिक ग्यासको ठूलो भण्डार भएको भए पनि चरम अभाव भएको छ।
सरकारले नियमित व्यवस्थापन नगरेका कारण एलपीजी ग्यास अभाव भएको बताइएको छ। कराँचीका धेरै क्षेत्रहरूले ठूलो ग्यास अभाव र कम ग्यासको चापको सामना गरिरहेका छन्। लियारी, बल्दिया टाउन, ओरांगी टाउन, सदर, डीएचए, पञ्जाब कालोनी, मूसा कालोनी, हिजरत कालोनी, सुल्तानाबाद, लान्धी, मलिर, कोरंगी र फकीर कोलोनी सबैभन्दा बढी प्रभावित क्षेत्रहरू हुन्।
ग्यासको अभावका कारण स्थानीय रेस्टुरेन्टमा बिहानै खाजा खानको भीड लाग्ने गरेको छ। ग्यास अभावले घरमा खाना पकाउन नसक्ने धेरैको जीवनको गुणस्तरलाई असर गरेको छ । सकिना बलोचका अनुसार अक्टोबरको अन्त्यतिर ओराङ्गी टाउनमा ग्यासको अभाव सुरु भएको र धेरै क्षेत्रमा ठूलो अभाव सिर्जना गरिएको बताएकी छन्
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्