काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरले ३ आर्थिक वर्षको वार्षिक साधारणसभा एकैदिन बोलाएको छ । कम्पनीको ३ आर्थिक वर्षको वार्षिक साधारणसभा पुस २८ गते एकैदिन बोलाएको हो । कम्पनीले आर्थिक वर्ष २०७५–७६, २०७६–७७ र २०७७–७८ को सभा बोलाएको हो । सभा कुपण्डोल ब्यांक्वेट, ललितपुरमा बिहान ११ बजे भर्चुअल माध्यमबाट सुरु हुनेछ ।
सभाले ३ आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गरिनेछ । यस्तै सभाबाटै संस्थापक समूहको प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ ।
आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेश गरिनेछ । सभाका लागि कम्पनीले पुस २० गते बुक क्लोज गर्ने भएको छ । पुस १९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।