काठमाडौं । नेप्सेमा जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) र साना किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले एचआइडीसीएलको ८% बोनस सेयर र लघुवित्तको २५% बोनस सेयरमा मूल्य समायोजन गरेको हो ।
यी दुई वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज पुस ५ गते बुक क्लोज गरेका छन् । मूल्य समायोजनपछि एचआइडीसीएलको भाउ २४८ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ भने लघुवित्तको ११ सय ७६ हजार रुपैयाँ निर्धारण भएको छ । सोहि मूल्यका आधारमा आज सोमबार दुवै कम्पनीको कारोबार खुल्नेछ ।
गत आर्थिक वर्षको नाफाबाट एचआइडीसीएलले ८% बोनस सेयर र कर तिर्न ०.४२% नगद लाभांश वितरण गर्दैछ । यस कम्पनीले पुस २२ गते वार्षिक साधारणसभा बोलाएको छ । यस्तै साना किसानले गत वर्षको नाफाबाट सेयरधनीलाई २५% बोनस सेयर र कर तिर्न १.३१% नगद लाभांश वितरण गर्दैछ । यस लघुवित्तले पुस १८ गते वार्षिक साधारणसभा बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्