×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम बैंक र ग्लोबल आइएमई समुन्नतको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

PRIME CA

प्राइम बैंक र ग्लोबल आइएमई समुन्नतको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

अर्थ सरोकार

प्रकाशित मिति : २१ मंसिर २०७८, मंगलवार

काठमाडौं । प्राइम कमर्सियल बैंक र ग्लोबल आइएमई समुन्नत योजना-१ को लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । यी दुई कम्पनीको लाभांश सुरक्षित गर्ने मंसिर २१ गते मंगलबार अन्तिम दिन रहेको हो । प्राइम र ग्लोबल आइएमई समुन्नत योजना-१ ले लाभांश तथा साधारणसभा प्रयोजनको लागि मंसिर २२ गते बुक क्लोज गर्दैछन् । तसर्थ आजसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउनेछन् ।

प्राइम बैंकले गत वर्षको नाफाबाट १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बैंकले आफ्नो १४औं वार्षिक साधारणसभा पुस ६ गते हुने भएको छ । यस्तै ग्लोबल आइएमई समुन्नत योजना-१ ले इकाईधनीलाई करसहित १०० प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: