×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा दिउँसो १ बजे हुँदै, यस्ता छन् पेश गरिने प्रस्तावहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा दिउँसो १ बजे हुँदै, यस्ता छन् पेश गरिने प्रस्तावहरु

Artha Sarokar

१५ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आज हुँदैछ । सभा कम्पनीको केन्द्रीय कार्यालय साँगा बनेपामा दिउँसो १ बजे सुरु हुने भएको हो ।
सभामा अन्य कुनै कम्पनीहरुसँग मर्जर तथा प्राप्ति सम्बन्धि निर्णय गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पेश हुनेछ । यस्तै आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, अध्यक्षको प्रतिवेदन र लेखापरीक्षक नियुक्ति गर्ने एजेण्डा पनि रहेको छ ।
कम्पनीले ८ लाख ५० हजार कित्ता आइपीओ निष्कासन पनि गर्ने भएको छ । आइपीओ निष्कासन गर्न कम्पनीले बोर्डसँग अनुमति पनि मागेको छ । अब बोर्डले अनुमति दिएपछि कम्पनीले आइपीओ निष्कासन प्रकृया अघि बढाउने भएको छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी