काठमाडौं । सानिमा क्यापिटल लिमिटेडले विशेष साधारणसभा पुस २३ गते गर्ने भएको छ । सभा सानिमा बैंकको सभाहल नक्साल काठमाडौंमा अपरान्ह ३ बजे हुने भएको हो ।
कम्पनीको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीको सभाले रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने, कम्पनीको उद्देश्य थप गर्न तथा सञ्चालक समितिको बैठक भत्ता सम्बन्धी व्यवस्था संशोधन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
यस्तै प्रबन्धपत्र नियमावलीको प्रस्तावित संशोधन नियमनकारी नकायबाट कुनै फेरबदल सुझाव भएमा सो अनुसार आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि पारित गर्नेछ ।