×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको न्याभ घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा इक्विटी फन्ड र सानिमा लार्ज क्याप फन्डको न्याभ घट्यो

Artha Sarokar

१३ पुष २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंसिर मसान्तमा सानिमा क्यापिटलको व्यवस्थापनमा सञ्चालित दुवै म्युचुअल फन्डकोप्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । सानिमा इक्विटी फन्डको न्याभ १ रुपैयाँ ९७ पैसाले घटेर १५ रुपैयाँ ७१ पैसा कायम भएको छ भने सानिमा लार्ज क्याप फन्डको न्याभ पनि ७६ पैसाले घटेर ९ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
सानिमा इक्विटी फन्डको कात्तिकमा न्याभ १७ रुपैयाँ ६८ पैसा थियो । यस फन्डको सूचीकृत सेयरमा रहेको लगानी पनि १ अर्ब ६७ करोड रुपैयाँमा बाट घटेर १ अर्ब ३७ करोड रुपैयाँमा आइपुगेको छ । मंसिर मसान्तसम्म इक्विटी फन्ड कुल २५ करोड ४० लाख नोक्सानमा रहेको छ । यस अवधिमा फन्डले विभिन्न म्युचुअल फन्डसहित ७७ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ रहेको छ ।
यता सानिमा लार्ज क्याप फन्डले सूचीकृत सेयरमा लगानी ५२ करोड ६९ लाखबाट घटेर मंसिर मसान्तसम्म ५१ करोड ९१ लाख रुपैयाँमा आएको छ । मंसिर मसान्तसम्म लार्ज क्याप फन्ड कुल ६ करोड ३५ लाख रुपैयाँ नोक्सानमा रहेको छ । फन्डले विभिन्न म्युचुअल फन्डसहित कुल ५८ वटा सूचीकृत सेयरमा लगानी गरेको छ ।
मंसिर मसान्तसम्म ३ करोड रुपैयाँ मुद्दति निक्षेपमा रहेको छ । यस फन्डको बैंक मौज्दात (सामान्य बचत) भने ५७ करोड ७१ लाख रुपैयाँ भन्दा बढी छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी