काठमाडौं । भोलि बुधबार मञ्जुश्री फाईनान्ससहित ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । मञ्जुश्री फाईनान्स, समीट लघुवित्त वित्तीय संस्था, चिलिमे जलविद्युत् कम्पनी र इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने भोलि बुधबार अन्तिम दिन रहेको हो ।
साधारणसभा तथा लाभांश प्रयोजनको लागि यी कम्पनीले १५ गते बुक क्लोज गर्ने मिति तय गरेका छन् । तसर्थ भोलीसम्म कायम भएका सेयरधनीहरुले प्रस्तावित लाभांश पाउनेछन् ।
मञ्जुश्री फाईनान्सले प्रस्तावित लाभांश वितरण तथा अन्य एजेन्डाहरु पारित गर्नको लागि पुस २९ गते साधारणसभा बोलाएको छ । फाइनान्सको संचालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ६ प्रतिशत नगद लाभांश गरि ४६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । पुस २९ गते हुने साधारणसभाले प्रस्तावित लाभांश वितरण गर्ने प्रस्ताव पारीत गर्नेछ ।
यस्तै समीट लघुवित्तले पुस २४ गते साधारणसभा डाकेको छ । लघुवित्त संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २५.२८५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश २४ गते हुने साधारण सभाले पारित गर्नेछ । सभा पुस २४ गते आँवुखैरेनी रेष्टुरेण्ट एण्ड पार्टी प्यालेस आँवुखैरेनी ३ तनहुँमा बिहान १० बजेबाट हुनेछ ।
यस्तै चिलिमे जलविद्युत् कम्पनीले पुस २३ गते विभिन्न प्रस्तावहरु पारीत गर्न साधारणसभा डाकेको छ । कम्पनीले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
इन्फिनिटी लघुवित्तले पुस २७ गते विभिन्न प्रस्तावहरु पारीत गर्न साधारणसभा डाकेको छ । लघुवित्तले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।