×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ इक्विटी फन्डद्वारा ६८ वटा कम्पनीको सेयरमा लगानी, प्रतिइकाई खुद सम्पति मूल्य १ रुपैयाँ ८२ पैसाले घट्यो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ इक्विटी फन्डद्वारा ६८ वटा कम्पनीको सेयरमा लगानी, प्रतिइकाई खुद सम्पति मूल्य १ रुपैयाँ ८२ पैसाले घट्यो

Artha Sarokar

१२ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मंसिर मसान्तसम्म आइपुग्दा सिद्धार्थ इक्विटी फन्डको ६८ वटा कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी एनआइसी एसिया बैंकको सेयरमा रहेको हो । एनआइसीको १ लाख ३२ हजार ४३९ कित्ता सेयरमा १४ करोड ५८ लाख ५ हजार ५६२ रुपैयाँ लगानी छ ।
यस्तै सो अवधिसम्म आउँदा प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) घटेको छ । यसअवधिमा न्याभ १ रुपैयाँ ८२ पैसाले घटेर १२ रुपैयाँ ३४ पैसामा झरेको छ । कात्तिक महिनामा यसको न्याभ १४ रुपैयाँ १६ पैसा थियो । एक महिनाको अवधिमा सूचीकृत कम्पनीको सेयरमा लगानी पनि घटेको छ ।
यस्तै सूचीकृत कम्पनीको सेयरमा लगानी २८ करोड ६६ लाख रुपैयाँले घटेर १ अर्ब ५१ करोड ११ लाख रुपैयाँ कायम भएको छ । अघिल्लो महिना यसले सूचीकृत कम्पनीको सेयरमा १ अर्ब ७९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी