काठामाडौं । सनराइज बैंक लिमिटेडको ७ प्रतिशत लाभांश सुरक्षित गर्ने भोलि बिहिबार (पुस १ गते) अन्तिम दिन रहेको छ । बैंकले यस वर्ष ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले १४औं वार्षिक साधारणसभा पुस १५ गते गर्ने भएको छ । उक्त सभा प्रयोजनको लागि बैंकले पुस ४ गते एक दिन बुक क्लोज गर्ने भएकाले पुस १ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारणसभा भाग लिन र लाभांश पाउने भएका हुन ।
सभा अम्रपाली बैक्वेट बालुवाटार, काठमाडौंमा बिहान १०ः३० बजे हुने भएको छ । सभाले लाभांश प्रस्तावसँगै गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्ने र चालू आवको लागि लेखापरिक्षकको नियुक्त र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।