×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकको १४औं वार्षिक साधारणसभा बिहिबार हुदैं, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज बैंकको १४औं वार्षिक साधारणसभा बिहिबार हुदैं, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

Artha Sarokar

१४ पुष २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज बैंक लिमिटेडको १४औं वार्षिक साधारण सभा बिहिबार (पुस १५) गते हुने भएको छ । सभा अम्रपाली बैंक्वेट, बालुवाटार, काठमाडौंमा बिहान १०ः३० मा भर्चुअल माध्यमबाट हुने बैंकले जनाएको छ ।

सभाले सञ्चालक समितिबाट प्रस्ताव भए बमोजिम शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि 0.३५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि गरी प्रवन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।

यस्तै सभा तथा लाभांश प्रयोजनका लागि बैंकले पुस ४ गते बुक क्लोज गरेको छ । पुस २ गतेसम्म कायम सेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी