×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ घट्यो, ५४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ घट्यो, ५४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज फर्स्ट म्युचुअल फन्डको मंसिर मसान्तसम्म प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ १९ पैसाले घटेर १३ रुपैयाँ ४८ पैसा पुगेको छ । कात्तिकमा यसको न्याभ १४ रुपैयाँ ६७ पैसा थियो । यस्तै सो अवधिसम्म फण्डले सूचीकृत कम्पनीको सेयरमा ६२ करोड १७ लाख ३२ हजार रुपैयाँ लगानी गरेको छ । यो अघिल्लो महिनाको भन्दा १३ करोड ५४ लाख ३० हजार रुपैयाँ थोरै हो । कात्तिकमा यस फन्डले सूचीकृत सेयरमा ७५ करोड ७१ लाख ६३ हजार रुपैयाँ लगानी गरेको थियो ।
यसअवधिमा फन्डले ५४ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ । जसमा सबैभन्दा धेरै लगानी नबिल बैंकको सेयरमा रहेको छ । फन्डमा नबिलको ३२ हजार ३ कित्ता सेयरमा ४ करोड ६४ लाख ४ हजार ३५० हजार रुपैयाँ लगानी रहेको छ । मंसिर मसान्तसम्म आइपुग्दा यसको प्रतिइकाई खुद मूल्य (न्याभ) १ रुपैयाँ १९ पैसाले घटेर १३ रुपैयाँ ४८ पैसा पुगेको छ ।
यता पछिल्लो १ महिनामा फन्डको बैंक मौज्दात भने ३ करोड ४३ लाख ४ हजार ७०६ रुपैयाँले बढेर २० करोड २१ लाख २३ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो महिना यसको बैंक मौज्दातमा १६ करोड ७८ लाख रुपैयाँ रहेको थियो । यसको मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी