काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा र लाभांश वितरणको लागि पुस १ गते बुक क्लोज गरेसँगै बुधबारसम्म कायम सेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई ३०% बोनस सेयर र १.५७८४% नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले आगामी पुस १० गते साधारणसभा बोलाएको छ । सभा बिहान ९ बजे बगान फेमिली रेष्टुरेन्ट एण्ड लाउन्ज बार, इटहरीमा हुनेछ।