×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित सूर्या लाइफ इन्स्योरेन्सले पुस १९ मा डाक्यो वार्षिक साधारणसभा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

लाभांश वितरण गर्ने मुख्य प्रस्तावसहित सूर्या लाइफ इन्स्योरेन्सले पुस १९ मा डाक्यो वार्षिक साधारणसभा

Artha Sarokar

२ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । कम्पनीले सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्नेछ । बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।
यस्तै संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको हिस्सा ४०% रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउन लागेको हो ।
सभाका कम्पनीले लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्नेछ । पुस ८ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी