×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस १९ गते हुने, कहिले हुँदैछ बुक क्लोज ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस १९ गते हुने, कहिले हुँदैछ बुक क्लोज ?

Artha Sarokar

२४ मंसिर २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा पुस १९ गते हुने भएको छ । कम्पनीले सभा होटल हैरिसन प्यालेस बजरंगबली मार्ग, विराटनगरमा बिहान ११ बजे बोलाएको हो ।
सभामा कम्पनीले आर्थिक वर्ष २०७६–७७ को नाफाबाट १२.७% बोनस सेयर र कर तिर्न ०.६७% नगद गरी कुल १३.३७% लाभांश वितरण गर्ने मुख्य प्रस्ताव पेस गर्नेछ । बोनस सेयर जारी गरेपछि सेयर संरचना परिवर्तन हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि छ ।
यस्तै संस्थापक र सर्वसाधारण समूहको सेयर संरचना परिवर्तन गर्ने एजेन्डा पनि रहेको छ । कम्पनीले हाल संस्थापक समूहको हिस्सा ६०% र सर्वसाधारण समूहको हिस्सा ४०% रहेको सेयर संरचनालाई परिवर्तन गरी संस्थापक हिस्सा ५१% र सर्वसाधारण हिस्सा ४९% बनाउन लागेको हो ।
सभाका कम्पनीले लागि पुस ९ गतेदेखि पुस १६ गतेसम्म बुक क्लोज गर्नेछ । पुस ८ गतेसम्म कायम रहने सेयरधनीले लाभांश पाउनेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी