×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा शुक्रबार, यस्ता छन् पारित हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा शुक्रबार, यस्ता छन् पारित हुने एजेन्डा

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सूर्योदय लघुवित्त वित्तीय संस्थाको नवौं वार्षिक साधारणसभा पनि आज शुक्रबार बस्दैछ । कम्पनीको सभा सयपत्री पार्टी प्यालेस गुडिखोला, पुतलीबजार नगरपालिका स्याङ्जामा बिहान ११ बजे हुने भएको हो ।
सभामा कम्पनीले २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ । सूर्योदय लघुवित्त र वोमी लघुवित्त एक/आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । वोमी र सूर्योदय १ः१ अनुपातमा मर्ज हुन लागेका हुन् ।
सभामार्फत मर्जर समितिले सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको सेयर स्वाप रेसियो पारित हुनेछ । यस्तै, प्रस्तावित बोनस सेयर र वोमी लघुवित्त गाभिएपछि वृद्धि हुने जारी तथा चुक्ता पुँजी अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी