काठमाडौं । स्वावलम्बन लघुवित्तको वार्षिक साधारणसभा पुस १५ गते(बिहीबार) हुने भएको छ । सभा एलिस रिसेप्सन, गैरिधारा काठमाडौंमा बिहान ११ बजेदेखि हुने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १९% बोनस सेयर र कर प्रयोजनसहित ६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा लैजानेछ ।
सभा तथा लाभांश वितरण प्रयोजनका लागि यसले पुस ६ गतेबाट बुक क्लोज गरिसकेको छ । पुस ५ गतेसम्म कायम सेयरधनीले लाभांश हात पार्न सक्नेछन् । कम्पनीले १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।