×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

तरलता अभावबारे यसो भन्छन् गभर्नर अधिकारी

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

तरलता अभावबारे यसो भन्छन् गभर्नर अधिकारी

Artha Sarokar

८ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पछिल्लो समय वित्तीय प्रणालीमा भएको तरलता अभाव उच्च आयातको कारणले भएको बताउनु भएको छ । राष्ट्र बैंकले बुधबार काठमाडौंमा आयोजना गरेको आर्थिक पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम बोल्दै गभर्नर अधिकारीले तरलता अभाव हुनुको प्रमुख कारण उच्च आयात भएको बताउनु भएको हो । गभर्नर अधिकारीले आयातका लागि ठूलो रकम बृद्धि भएर फाइनान्स गर्नु पर्दा त्यही मात्रामा रकम निक्षेप संकलन नहुँदा बजारमा तरलता अभाव भएको बताउनुभयो । आयात बढे अनुसार आयातलाई गएको रकमलाई परिपुरण गर्ने अन्य सा्रेतहरु नहुँदा तरलताको समस्या सृजना भएको गभर्नर अधिकारीले बताउनुभयो । गभर्नर अधिकारीले चार महिनाको अवधिमा मात्रै ४ खर्ब कर्जा बढेको र निक्षेप १ खर्ब मात्रै बढेको भएको बताउनुभयो । उहाँले राष्ट्र बैंकले तरलता समस्या दिर्घकालिन रुपमा समाधान गर्नको लागि परेको बताउनुभयो ।
राष्ट्र बैंकले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरणहरु प्रयोग गरिहेको गभर्नर अधिकारीले उल्लेख गर्नु भयो । उहाँले आयात कम गर्नको लागि राष्ट्र बैंक र मन्त्रालयलेको सल्लाह अनुसार आयातमा कडाइ गरिएको बताउनुभयो । गभर्नर अधिकारीले पछिल्लो समय उच्च आयातकै कारण शोधान्तर घाटा बढ्दाँ वित्तीय प्रणालीमा तरलता अभावको समस्या देखिएको बताउनु भयो । गभर्नर अधिकारीले राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा नकारात्मक असर पार्ने अवस्था सिर्जना भए फिर्ता लिन तयार रहेको पनि बताउनु भयो । राष्ट्र बैंकले गरेको आयात सम्बन्धी व्यवस्थाले कडाई गरिएका वस्तुहरुको मूल्यबृद्धि हुने र रोजगारी गुम्ने भन्ने कुरामा आफू सहमत नरहेको गभर्नर अधिकारीको धारणा राख्नु भयो । उहाँले कोरोना महामारीको अवस्था भन्दाको पहिलेका अवस्था सम्म पनि बैंकको ब्याजदर कम रहेको बताउनु भयो । उहाँले पुस लागेसँगै केही ब्याज बढेको बताउनुभयो ।
गभर्नर अधिकारीले भन्नुभयो,‘ तरलता अभाव हुनुको प्रमुख कारण उच्च आयात बृद्धि तथा सोधान्नातर घाटा बढ्नु हो । चालु आर्थिक वर्ष लागेसँगै आयातका लागि ठूलो रकम बृद्धि भएको छ । जसलाई फाइनान्स गर्नु पर्दा त्यही मात्रामा रकम निक्षेप संकलन हुन सकेन । यसरी आयातमा बृद्धि भएको रकम निक्षेपमा संकलन हुन नसक्दा बजारमा तरलता अभाव सिर्जना भएको हो । त्यस्तै, आयात बढे अनुसार आयातलाई भएको रकमलाई मिट गर्ने अन्य सा्रेतहरु नहुनाले पनि तरलताको समस्या सिर्जना भयो । चार महिनाको अवधिमा मात्रै ४ सय खर्ब कर्जा प्रवाह हुँदा निक्षेप १ सय खर्ब मात्रै संकलन भएको छ । यसले पनि तरलता अभावमा सहयोग पु¥याएको छ ।
अहिले राष्ट्र बैंकले तरलता समस्या दिर्घकालिन रुपमा समाधान गर्नको लागि परेको छ । राष्ट्र बैंकले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरणहरु प्रयोग गरिहेको छ । आयात कम गर्नको लागि राष्ट्र बैंक र मन्त्रालयलेको सल्लाह अनुसार आयातमा कडाइ गरिएको छ । राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थाले अर्थतन्त्रमा नकारात्मक असर पार्ने अवस्था सिर्जना भए फिर्ता लिन तयार रहेको छ । आयात सम्बन्धी व्यवस्थाले कडाई गरिएका वस्तुहरुको मूल्यबृद्धि हुने र रोजगारी गुम्ने भन्ने कुरामा आफू सहमत छैन । राष्ट्र बैंकले अर्थतन्त्र लय भन्दा बाहिर जाँदा नियमन गर्नु पर्छ । त्यसको केही नियमन गर्न केही नीती परिर्वतन मात्रै भएको हो । बैकहरुले कोरोना महामारी केही सहज हुने वितिकै अर्थतन्त्र चलायमान बनाउन ग्राहकलाई खुसी बनाउन कर्जा प्रवाह गर्दा समस्या भएको हो । हामीले अर्थतन्त्रलाई सही दिशामा लिनको लागि आवश्यक उपकरण लिएको छौं, सोही अनुसार नीति बनाइरहेका छौं तर त्यस्ता नीतिले समस्या हुन्छ भने त्यसबाट पछि हट्न तयार छौं । दुबै समस्या समाधान गर्नको लागि आयातमा कडाई गरिएको हो ।’
अन्तक्रिया कार्यक्रममा नेपाल राष्ट्र बैंकले अर्थतन्त्र पुनरुत्थानको लागि कर्जाको माग बढेको र सो अनुसार आयात भएको बताइएको छ ।  कोभिडपछि विदेशमा मूल्यबृद्धिदरमा ठूलो चाप परेपनि नेपाल मुल्य बृद्धिको ठूला मार नपारको राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकले कार्यक्रममा आयातलाई निरुत्साहन गर्न राष्ट्र बैंकले ल्याएको नीतिले सहयोग हुने अपेक्षा रहेको जानकारी दिएको छ ।
राष्ट्र बैंकका अनुसार ५ महिनामा १ खर्ब ५ अर्बले निक्षेप बढ्दा कर्जा ४ खर्ब ३५ अर्बले कर्जा बढेको छ । पुस लागेपछि भने कर्जाको तुलनामा निक्षेप बढेको जानकारी राष्ट्र बैंकले दिएको छ । पुस १ देखि ५ गतेसम्ममा १६.८ अर्ब निक्षेप बढ्दा कर्जा ४ अर्बले बढेको छ । त्यस्तै राष्ट्र बैंकले  सेयर बजार प्रति सकारात्मक रहेको  पनि बताएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी