टोकियो । पब्लिक सेक्युरिटी इन्टेलिजेन्स एजेन्सीले चीनबाट आर्थिक सुरक्षा खतराहरूबारे चेतावनी दिएको छ। जसले सैन्य उद्देश्यका लागि प्रयोग गर्न सकिने प्रविधि प्राप्त गर्न र प्रतिभाशाली जनशक्ति भर्ती गर्न लागिरहेको समेत जनाइएको छ ।
एजेन्सीले शुक्रबार जारी गरेको वार्षिक प्रतिवेदनमा भनेको छ, चीनले (जापानी) कम्पनीहरू प्राप्त गर्ने र उन्नत विशेषज्ञताका साथ मानव संसाधनलाई आमन्त्रित गर्ने काम जारी राख्ने चिन्ता छ ।
चिनियाँ कम्पनीहरूले सेमीकन्डक्टर क्षेत्र र अन्य क्षेत्रमा जापानी कम्पनीहरूलाई अधिग्रहण गर्ने प्रयास गरेको उदाहरणहरू उक्त प्रतिवेदनमा उल्लेख गरिएका छन्। प्रतिवेदनमा जापानी अनुसन्धानकर्ताहरूले विदेशबाट प्रतिभाशाली मानिसहरूलाई भर्ती गर्न चीनले हजार प्रतिभा कार्यक्रम सञ्चालन गरिरहेकोसमेत बताएका छन् ।
साथै प्रतिवेदनमा, एजेन्सीले जापानी कम्पनीहरूको गोप्य जानकारी चोर्ने उद्देश्यले साइबर आक्रमणको श्रृंखला पनि बढाउँदै लगेको बताइएको छ। जापान र विदेशमा साइबर हमलाहरू सामान्य र परिष्कृत हुँदै गइरहेका प्रतिवेदनमा उल्लेख छ । एजेन्सीले चीन, रुस र उत्तर कोरियालाई संकेत गर्दै साइबर हमलामा केही देशहरू संलग्न भएकोले सावधानी अपनाउन आह्वान गरेको छ। साइबर हमलाको खतरा झन् गम्भीर हुँदै गइरहेको समेत प्रतिवेदनमा उल्लेख छ ।
छिमेकी देशहरूको परिस्थितिमा, एजेन्सीले विश्लेषण गर्यो कि उत्तर कोरियाले नोभेल कोरोना भाइरस नियन्त्रण गर्ने एक उपायको रूपमा आफ्नो सीमाना लामो समयसम्म बन्द गरेको कारणले मूल्य वृद्धि र खाद्यान्न अभावलगायतका समस्याको सामना गरिरहेको बताइएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले आगामी वर्ष बेइजिङमा हुने शीतकालीन ओलम्पिक र कम्युनिष्ट पार्टीको महाधिवेशनअघि घरेलु स्थायित्व सुनिश्चित गर्न अर्थतन्त्र र समाजमाथिको आफ्नो नियन्त्रणलाई थप कडा बनाएको पनि प्रतिवेदनमा उल्लेख छ ।