काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको तेस्रो वार्षिक साधारणसभा पुस १० गते हुने भएको छ । कम्पनीको सभा बिहान १०:४५ बजे कोहलपुर न.पा. वडा नं ११ क्याक्स, होटल, बाँकेमा हुने भएको हो ।
सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ भने आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।