भियतनाम । भारतको एक्ट इस्ट नीतिको मुख्य आधारस्तम्भ भनेको भियतनाम हो। भारतले भियतनामलाई एक बृहत रणनीतिक साझेदारीको रुपमा विभिन्न अवसरहरुको ढोका खुला गरिदिएको छ ।
बृहत रणनीतिक साझेदारीको पाँचौं वर्षको अवसरमा भियतनामको राष्ट्रिय सभाका प्रमुख भुओङ डिन हुइले भारत भ्रमण गरेका छन् । उनले भारत भ्रमणका क्रममा चौथो औधोगिक क्रान्तिका लागि भारतको साथ आवश्यक भएको बताएका छन् ।
उनले भारतीय सञ्चारमाध्यमसँग कुराकानी गर्दै कोभिड-१९ ले सामाजिक तथा आर्थिक क्षेत्रमा विभिन्न पक्षहरुलाई निकै ठूलो नोक्सानी पुर्याएको उल्लेख गर्दै भारतको सहयोगको प्रशंसा गरेका हुन् । उनले भारतको राज्यसभाका उपप्रमुख, लोकसभाका सभामुखलगायतसँग पनि भेटवार्ता गरेका हुन् । उनले दुई मुलुकबीचको कोभिड-१९ नियन्त्रणका लागि भएको सहकार्य निकै महत्वपूर्ण भएकोसमेत बताएका छन् ।
उनले आफ्नो भारत भ्रमणले द्विपक्षीय सम्बन्धलाई थप बलियो बनाउन भूमिका खेलेको र अब दुबै मुलुकहरुले प्राप्त गरेका अवसरहरुलाई राष्ट्रिय हितमा लगाउने र सहकार्यलाई बढाउनुपर्ने बताएका छन् । उनले भारतसँग लगानी,श्रम, शिक्षा, स्वास्थ्यउपचा, उत्पादन, सुरक्षालगायतका क्षेत्रमा सहकार्य बढाउनका लागि पनि आफ्नो भ्रमण महत्वपूर्ण भएको बताएका हुन् ।