×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू तस्करी र आर्थिक अपराधमा संलग्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू तस्करी र आर्थिक अपराधमा संलग्न

Artha Sarokar

१५ पुष २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । पर्यटक भिसामा नेपाल भ्रमणमा आएका चिनियाँहरू संखुवासभा जिल्ला अन्तर्गतको किमाथाङ्कामा रुद्राक्ष, जडीबुटी, मरेका वन्यजन्तुको टुक्रा, सुन र अमेरिकी डलर तस्करीका साथै ठगी र आर्थिक अपराधमा संलग्न हुने गरेको पाइएको छ ।

किमाथाङ्कामा चिनियाहरू संख्या डरलाग्दो रुपमा बढ्दै गएकाले संखुवासभाको खाद्वारी र तुम्लिङटारका होटल तथा लजहरु आफ्नो क्षमताभन्दा बढी भार बहन गर्न बाध्य भएका छन् । उनीहरु भाडाको घरमासमेत बस्दै आएका छन् । जिल्ला प्रशासन कार्यालयले समेत यस बिषयलाई गम्भीरतापुर्वक लिदै सतर्कता बढाएको एक कर्मचारीले बताएका छन् ।

यस सम्बन्धमा किमाथाङ्का र संखुवासभाका अन्य स्थानमा सशस्त्र प्रहरी बलको सतर्कता र गस्ती बढाउन जिल्ला समन्वय समितिको बैठक बसेको थियो । बीओपीमा जनशक्ति बढाउन, भन्सार कार्यालय स्थापना गरी प्रभावकारी बनाउन सम्बन्धित उच्च निकायसँग समन्वय गर्ने निर्णय पनि भएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी