×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वोमी लघुवित्तको दशौं वार्षिक साधारणसभा शुक्रबार, लाभांश वितरण गर्ने एजेन्डा पारित हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

वोमी लघुवित्तको दशौं वार्षिक साधारणसभा शुक्रबार, लाभांश वितरण गर्ने एजेन्डा पारित हुने

Artha Sarokar

१६ पुष २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्थाको दशौं वार्षिक साधारणसभा आज शुक्रबार हुँदैछ । कम्पनीले सभा धुलिखेल नगरपालिकास्थित होटल अरनिकोको सभाहलमा बिहान ११ बजे बोलाएको हो ।
कम्पनीले सभामा २०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पेश गर्ने भएको छ भने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफानोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि रहेको छ ।
यस्तै वोमी लघुवित्त र सूर्योदय लघुवित्त एक–आपसमा मर्ज हुने सम्बन्धमा सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै प्रस्तावित बोनस सेयर र ग्रमीण स्वयंसेवक गाभिएपछि वृद्धि हुने जारी तथा चुक्ता पुँजी अनुसार प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
वोमी र सूर्योदय लघुवित्त एक आपसमा मर्ज हुन नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति पनि दिइसकेको छ । यो सँगै दुई लघुवित्तको मर्जर प्रकृया अघि बढेको छ । यसअघि दुवै कम्पनीबीच गत भदौ १५ गते एक आपसमा मर्ज हुने सम्झौता भएको थियो ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी