काठमाडौं । बोटलर्स नेपाल तराई र बालाजु कम्पनीले पुस २८ गते बोलाएको साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ । कोरोना महामारीको बढेको बन्दै कम्पनीले सेयरधनीलाई भर्चुअल माध्यमबाट सहभागी हुन अनुरोध गरेको हो ।
बोटलर्स नेपाल (बालाजु) ले ४३औं वार्षिक साधारणसभा पुस २८ गते बेलुका ४ बजे होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा गर्ने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र एकजना स्वतन्त्र सञ्चालक र एक जना सर्वसाधारणको प्रतिनिधित्व गर्ने सञ्चालकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै सभाले आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । सभाको लागि सेयरधनीदर्ता पुस्तिका पुस २१ गतेदेखि २८ गतेसम्म बन्द रहने कम्पनीले जनाएको छ ।
यस्तै बोटलर्स नेपाल (तराई) कम्पनीले ३५औं साधारण सभा पुस २८ गते बिहान होटल र्याडिसन लाजिम्पाट काठमाडौंमा हुने जानकारी गराएको हो । सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने र एक जना स्वतन्त्र सञ्चालकको नियुक्ती गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले सभाको लागि सेयरधनीदर्ता पुस्तिका पुस २१ गतेदेखि २८ गतेसम्म बन्द गर्ने जानकारी गराएको छ । यी दुवै कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेका छैनन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्