Skip to content
LAXMI SUNRISE BANK

अव बैंकमा एकसाथ २५ जना भन्दा बढीको भीड गर्न नपाइने !

अर्थ सरोकार

काठमाडौं । सरकारले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाएको छ । आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को बैठकले सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन रोक लगाउने निर्णय गरेको हो । आइतबार नै सीसीएमसीसीको बैठकले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय पनि गरेको छ ।

‘अर्को सूचना नभएसम्म सार्वजनिक स्थलहरुमा २५ जना भन्दा बढी भेला हुने गरी मेला, भेला तथा महोत्सवहरु आयोजना नगर्न नगराउन सबै स्थानीय प्रशासनलाई गृह मन्त्रालय मार्फत लेखी पठाउन सिफारिस गर्ने’ बैठकको निर्णयमा भनिएको छ ।

बैठकले सार्वजनिक स्थलमा हुने राजनीतिक तथा धेरै जना उपस्थित हुने गरी प्रशासनिक, सामाजिक एवं त्यही प्रकृतिको कार्यक्रम नगर्न आह्वान गरेको छ । अर्थात अव विवाहमा पनि २५ जना भन्दा बढी सहभागी हुन पाइने छैन ।

भने बैंक तथा वित्तीय संस्थामा एक साथ २५ जना भन्दा बढीको भीड गर्नसमेत पाइने छैन । सामान्यतया ठुला बैंकहरुमा एकसाथ सयौं ग्राहकको भीड लाग्ने गर्छ।  

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK