काठमाडौं । वरुण हाइड्रोपावरको यसअघि स्थगन भएको वार्षिक साधारणसभा अब माघ १२ गते हुने भएको छ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय, अनामनगर काठमाडौंमा बिहान ९ बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको हो । यसअघि पुस २५ गते आह्वान गरिएको सभा गणपूरक संख्या (कोरम) नपुगेपछि स्थगित गरिएको थियो ।
सभामा बरुण हाइड्रोपावरले १००% हकप्रद निष्कासन गर्ने प्रस्ताव पेश गर्ने भएको छ । यसको लागि बरुणले आरबीबी मर्चेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।
यस्तै आर्थिक वर्ष २०७७/७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि सभामा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतका एजेन्डा पनि सभाराखिएको छ । सभाका लागि कम्पनीले पुस १६ गते बुक क्लोज गरिसकेको छ । पुस १५ गतेसम्म कायम लगानीकर्ता सभामा भाग लिन सक्नेछन् ।