काठमाडौं । वेष्ट फाइनान्स कम्पनीको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका केही सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्रीका लागि निवेदन दिए बमोजिम संचालक समितिले बिक्री प्रक्रिया अघि बढाएको हो ।
सो सेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक सेयरधनीले ३५ दिनभित्र सम्पूर्ण कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्नेछन् । साथै तोकिएको अवधिभित्र कुनै पनि आवेदन नपरेको खण्डमा उक्त सेयर अन्य व्यक्ति तथा संस्थालाई बिक्री प्रक्रिया अघि बढाउने कम्पनीले जनाएको छ ।
