काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको एघारौं वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । उक्त सभा बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा भौतिक उपस्थिति एवं अनलाइन(जुम)मार्फत एकैसाथ संचालन भएको हो ।
सभाले बैंकको चुक्ता पूँजीको ६.०५ प्रतिशत लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ । २०७८ आषाढ मसान्तमा कायमचुक्ता पुँजीमा ९,०३,४४,२९,५०२.५० (अक्षरेपी नौ अर्व तीन करोड चौवालिस लाखउनान्तिस हजार पाँच सय दुई रुपैयाँपचास पैसा मात्र) मा ५.७५ प्रतिशतले हुन आउने रकम ५१,९४,७९,६९६.३९ (अक्षरेपी एकाउन्न करोड चौरानब्बे लाखउनासीहजार छ सय छयानब्बे रुपैयाँ उनान्चालिस पैसा) बराबरको बोनस शेयर वितरण गर्ने र कर प्रयोजनको लागि चुक्ता पुँजीको ०.३० प्रतिशतले हुन आउने रकम २,७३,४१,०३६.६५ (अक्षरेपीदुई करोड त्रियहत्तर लाखएकचालिस हजार छत्तिस रुपैयाँ पैसठ्ठी पैसा) बराबरको नगदलाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाडलगायतका प्रतिवेदन पारित गरेको छ । साथै साधारणसभाबाट बैंकको संस्थापक समूहमा हाल रहेको ५३.४१% शेयर संरचनालाई ५१% हुने गरी शेयरधनीहको शेयर संरचना परिवर्तन गर्ने संचालक समितिको निर्णय अनुमोदन गरेको छ ।
आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदानगर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म आफ्ना १२६ शाखा १० एक्सटेन्सन काउन्टर, २५ शाखा रहित बैंकिङ र १०८ एटिएममार्फत वित्तीय सेवा प्रदानगर्दै आइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्