काठमाडौं । छ्याङदी हाइड्रोपावरको ३०% हकप्रद सेयर सुरक्षित गर्ने आज मंगलबार अन्तिम दिन रहेको छ ।कम्पनीले हकप्रद सेयरका लागि बुधबार पुस २१ गते बुक क्लोज गर्दैछ । जस अनुसार आज मंगलबारसम्म सेयर खरिद गर्ने लगानीकर्ताले कम्पनीले जारी गर्न लागेको हकप्रदको दाबी गर्न पाउनेछन् ।
कम्पनीले १०ः३ अनुपातमा ८ करोड ९३ लाख २ हजार ५०० रुपैयाँ बराबरको ८ लाख ९३ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । यसमा बिक्री प्रबन्धकको काम भने ग्लोबल आइएमई क्यापिटलले गर्नेछ ।
यस्तै, छ्याङदीले ३०% हकप्रद सेयर बिक्रीपछि कायम हुने पूँजीमा अर्को ४०% हकप्रद निष्कासन गर्ने यसअघि नै घोषणा गरिसकेको छ ।