काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज मंगलबार सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर मूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेका छन् ।
नेप्सेले सिभिल बैंकको समायोजनपछिको भाउ २४५ रुपैयाँ ७१ पैसा निर्धारण गरेको छ । बैंकको ५ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन भएको हो । बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।
यस्तै रिलायन्स फाइनान्सको समायोजनपछिको भाउ ४५२ रुपैयाँ १७ पैसा निर्धारण भएको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरेको हो । यसले गत वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्दैछ ।