×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोमबारसम्म सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर किन्नेले लाभांश पाउने, कसको साधारणसभा कहिले ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सोमबारसम्म सिभिल बैंक र रिलायन्स फाइनान्सको सेयर किन्नेले लाभांश पाउने, कसको साधारणसभा कहिले ?

Artha Sarokar

१९ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सिभिल बैंक र रिलायन्स फाइनान्सको लाभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ । दुवै कम्पनीले साधारण सभा र लाभांश प्रयोजनका लागि पुस २० गते बुक क्लोज गर्ने भएको छ । जसकारण सोमबारसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै प्रस्तावित लाभांश सुरक्षित गर्न सक्नेछन् ।
सिभिल बैंकले गत वर्षको नाफाबाट ५ प्रतिशत बोनस सेयर कर तिर्न ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको ११औं वार्षिक साधारणसभा पुस ३० गते हुनेछ । उक्त सभा अम्रपाली बैंक्वेट, बालुवाटार काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
यस्तै रिलायन्स फाइनान्सले गत वर्षको नाफाबाट १५प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश दिने भएको छ । कम्पनीकोे पुस ३० गते वार्षिक साधारण सभा हुने भएको छ । सभा रिलायन्सको मुख्य कार्यालय, प्रदर्शनीमार्ग काठमाडौंमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी