काठमाडौं । नेप्सेमा कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको समायोजनपछिको भाउ ४५४ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । बैंकको १५०% हकप्रद सेयरपछिको मूल्य समायोजन भएको हो ।
उक्त हकप्रदको लागि बैंकले आज सोमबार पुस २६ गते बुक क्लोज गरेको छ । बैंकले माघ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ ।