काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकको १५०% हकप्रद सेयर सुरक्षित गर्ने आज आइतबार अन्तिम दिन रहेको छ । बैंकले उक्त हकप्रद सेयरको लागि पुस २६ गते बुक क्लोज गर्दैछ । सोही कारण आजसम्म कायम सेयरधनीले उक्त हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
बैंकले माघ ७ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१.५ अनुपातमा ३० लाख कित्ता हकप्रद सेयर बिक्री गर्दैछ । यसमा माघ २७ गतेसम्म आवेदन दिन सकिनेछ । यस हकप्रदमा सिभिल क्यापिटल मार्केट, सुन्धारा काठमाडौंका साथै कर्पोरेटको रजिष्टर्ड कार्यालय तथा वीरगञ्ज, पर्सामा रहेका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ ।
साथै सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयरमार्फ अनलाइन आवेदन दिन सकिनेछ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले यस बैंकलाई केयरएनपी बी प्लस आइएस रेटिङ दिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्