Skip to content
LAXMI SUNRISE BANK

फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सको नगद लाभांश सेयरधनीको बैंक खातामा पुग्यो

अर्थ सरोकार

काठमाडौं । फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले पनि आफ्ना सेयरधनीको बैंक खातामा ७% नगद लाभांश पठाउन सुरु गरेको छ ।

कम्पनीले डिम्याट खाता र बैंक खाता अद्यावधिक गरेका सेयरधनीको खातामा नगद जम्मा गरिदिएको हो । नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न र अपडेट गरेपछि मात्र लाभांश पाइने कम्पनीले जनाएको छ ।

यस्तै कम्पनीको गत पुस ३० गते सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ३५% बोनस सेयर र कर प्रयोजनसहित ७% नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही नगद सेयरधनीको खातामा पठाइएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK