काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आउँदा गरिमा विकास बैंकको नाफा २५.२५% ले बढेको छ । बैंकको खुद नाफा २५.२५% बढेर ४९ करोड २९ लाख ५३ हजार रुपैयाँ पुगेको जनाएको हो ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा २५.२५% ले बढेको हो । खुद ब्याज आम्दानी ३९.४६% र सञ्चालन नाफा २५.१९% ले सुधार भएपछि खुद नाफा वृद्धि भएको हो । गरिमाको निक्षेप संकलन र कर्जा लगानी पनि विस्तार भएको छ ।
यता, दोस्रो त्रैमाससम्म आइपुग्दा गरिमाको बैंकको रिजर्भ कोष सामान्य बढेको छ । सहारा विकास बैंकलाई एक्वयार गरी चुक्ता पुँजी ३ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढी पुर्याएको छ । गरिमाले सोही पुँजीमा १६% बोनस दिने घोषणा गरेको छ । उक्त बोनस पारित गरी पुँजीकृत भएमा चुक्ता पुँजी थप बढ्ने छ । यस्तै प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाँ ९७ पैसा र प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ १४ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्