काठमाडौं । नेप्सेमा आज सोमबार पुस १९ गते ६ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सोमबार हिमालयन बैंक, सेन्चुरी कमर्सियल बैंक, प्रोग्रेसिभ फाइनान्स, मिर्मिरे लघुवित्त, कालिका पावर र मिथिला लघुवित्तको सेयर मूल्य समायोजन भएको हो । यी ६ वटै कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनको लागि आज बुक क्लोज गरेका छन् ।
नेप्सेले हिमालयन बैंकको समायोजनपछिको भाउ ३९८ रुपैयाँ ७५ पैसा निर्धारण गरेको छ । नेप्सेले बैंकको २१.३८ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । यस्तै सेन्चुरी कमर्सियल बैंकको समायोजनपछिको भाउ २२६ रुपैयाँ निर्धारण गरेको छ । नेप्सेले बैंकको ५.७५ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।
यता नेप्सेले प्रोग्रेसिभ फाइनान्सको समायोजनपछिको भाउ ३३१ रुपैयाँ ६८ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको ७.०१ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । नप्सेले मिर्मिरे लघुवित्तको समायोजनपछिको भाउ १२ सय ९५ रुपैयाँ ८३ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको २० प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो ।
त्यसैगरी नेप्सेले मिथिला लघुवित्तको समायोजनपछिको भाउ १५ सय ६७ रुपैयाँ २ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको २५ प्रतिशत बोनस सेयरपछिको भाउ समायोजन गरेको हो । नेप्सेले कालिका पावरको समायोजनपछिको भाउ ४५० रुपैयाँ ४३ पैसा निर्धारण गरेको छ । नेप्सेले कम्पनीको १५ प्रतिशत बोनसपछिको भाउ समायोजन गरेको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्