×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१३.८०% ले बढ्यो हिमालयन बैंकको खुद नाफा, रिजर्भ कोषमा ९.८५% वृद्धि हुँदै ७ अर्ब १५ करोड १२ लाख रुपैयाँ जम्मा

काठमाडौं । हिमालयन बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १३.८०% ले बढेको छ । बैंकको खुद नाफा १३.८०% ले बढेर ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।

गत वर्षको यसैअवधिमा भने ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा ८.९१% र ७.६६% ले बढेको छ ।

यस्तै हाल यसको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ९.८५% वेद्धि हुँदै ७ अर्ब १५ करोड १२ लाख रुपैयाँ जम्मा भएको छ । पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: