काठमाडौं । हिमालयन बैंकको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा खुद नाफा १३.८०% ले बढेको छ । बैंकको खुद नाफा १३.८०% ले बढेर ७४ करोड ३४ लाख ५० हजार रुपैयाँ पुगेको छ ।
गत वर्षको यसैअवधिमा भने ६५ करोड ३२ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा ८.९१% र ७.६६% ले बढेको छ ।
यस्तै हाल यसको चुक्ता पुँजी १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा ९.८५% वेद्धि हुँदै ७ अर्ब १५ करोड १२ लाख रुपैयाँ जम्मा भएको छ । पुस मसान्तसम्म आइपुग्दा वितरणयोग्य नाफा २४ करोड ५१ लाख ५२ हजार रुपैयाँ छ । यसको प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ५ पैसा छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्