×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्फिनिटी लघुवित्तको वार्षिक साधारणसभा मंगलबार हुँदै, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

इन्फिनिटी लघुवित्तको वार्षिक साधारणसभा मंगलबार हुँदै, यस्ता छन् पारित गरिने एजेण्डाहरु !

२६ पुष २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । इन्फिनिटी लघुवित्तको वार्षिक साधारणसभा भोली मंगलबार हुने भएको छ । कम्पनीले उक्त सभा गैडाकोटको होटेल द नारायणीमा गर्ने भएको हो ।

कम्पनीले नेपाल एग्रो लघुवित्तलाई गाभेपछि कायम हुने चुक्ता पूँजीको २७.७० प्रतिशत बोनश शेसयर र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश गरि कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा छलफल पनि गर्ने भएको छ ।

कम्पनीले साधारणसभाका लागि पुस १५ गते बुक क्लोज गरिसकेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: