काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आज मंगलबार हुँदैछ । कम्पनीको सभा होटल द नारायणी, गैडाकोटा नवलपरासीमा बिहान १० बजेदेखि सुरु भएको हो । कम्पनीले नेपाल एग्रो लघुवित्तलाई गाभेपछि कायम हुने चुक्ता पूँजीको २७.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.४६ प्रतिशत नगद लाभांश गरि कुल २९.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, सभाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ तथा कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षण कार्य गर्नको लागि लेखापरीक्षण समितिबाट सिफारिस भए बमोजिम लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने सम्बन्धमा छलफल पनि गर्ने भएको छ ।
कम्पनीले साधारणसभाका लागि पुस १५ गते बुक क्लोज गरिसकेको छ । पुस १४ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् ।