×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा आइतबार हुँदै, यस्ता छन् पेस हुने एजेन्डा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

महालक्ष्मी विकास बैंकको २०औं वार्षिक साधारणसभा आइतबार हुँदै, यस्ता छन् पेस हुने एजेन्डा

Artha Sarokar

२५ पुष २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभा आज आइतबार हुँदैछ । बैंकले सभा आर्मी अफिसर्स क्लब भद्रकाली टुडिखेल, काठमाडौंमा बिहान ११:०० बजेदेखि बोलाएको हो ।
सभामा गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.०५२६ प्रतिशत नगद गरी कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ ।
यस्तै अध्यक्षको मन्तब्यसहित २०औं वार्षिक साधारणसभा (आ.व २०७७/७८) प्रयोजनका लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, आ. व. २०७८/७९ को लागि लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिनेछ ।
साथै संस्थाले सभा प्रयोजनका लागि पौष १३ गते बुक क्लोज गरेको छ । जस अनुसार पुस १२ गते कायम रहेका सेयरधनीहरूले मात्र साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी