काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा भोलि शनिबार हुने भएको छ । सभा कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासवरण ६ महुली सप्तरीमा बिहान ११ बजेदेखि हुने भएको हो । गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरिएको २६% बोनस सेयर पारित गर्ने विशेष प्रस्ताव रहेको छ । यद्दपि, बोनसमा लाग्ने कर तिर्न नगद लाभांश सम्बन्धी कुनै प्रस्ताव छैन ।
सभाले प्रिमियममा एफपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्ने एजेन्डा पनि छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि रहेको छ ।
यस्तै कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहनेछ । सभाका लागि कम्पनीले पुस १२ गते एक दिन बुक क्लोज गरेको छ । जसअनुसार आइतबार पुस ११ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन् ।